प्यूठान । ऐरावती गाउँपालिका–५ स्थित नमुना स्वावलम्बी महिला समुहले गाउँकै बालिबिसौना स्वावलम्बी महिला समुहलाई पहिलो पुस्ताको बाख्रा उपहार प्रदान गरेको छ । मूल समुहका सदस्यले उपहार समुहका सदस्यलाई बाख्रा उपहार प्रदान गरेका हुन् ।

ऐरावती गाउँपालिकामा सञ्चालित ऐरावती कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशिलता साझेदारी कार्यक्रम अन्र्तगत बुधबार २१ वटा बाख्रा उपहार प्रदान गरिएको हो । ऐरावती गाउँपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा मल्लरानी ग्रामीण विकास सरोकार केन्द्रले परियोजनाको सहजीकरण गर्दै आएको कार्यक्रम संयोजक नारायणलाल श्रेष्ठले जानकारी दिनुभयो ।

ऐरावती गाउँपालिकाका सवै ६ वटा वडामा ६६ वटा समुह गठन गरिएका छन । २०७९ माघ १६ गते देखि परियोजना लागु भएको ४८ महिने परियोजनामा गाउँपालिकाले चार करोड ९० लाख र हेफर प्रोजेक्ट नेपालले दुई करोड १० लाख रुपियाँ लगानी गर्ने सम्झौता भए अनुसार काम भइरहेको उहाँको भनाई छ ।

उपहार प्रदान कार्यक्रममा ५ नम्वर वडाका वडा अध्यक्ष चन्द्र बहादुर रोका मगरको प्रमुख आतिथ्यता थियो । स्वावलम्बी महिला समुहका अध्यक्ष कमला घर्तिमगरको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गिता ज्ञवाली, कार्यपालिका सदस्य दुर्गा केसी, वडा सदस्य चन्द्र बहादुर थापा, मल्लरानी ग्रामीण विकास सरोकार केन्द्रका सचिव पुनम श्रेष्ठ, कोषाध्यक्ष पशुपती श्रेष्ठ, कार्यकारी प्रमुख विजय कुमार श्रेष्ठ लगायतको विशेष उपस्थिती थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय