प्यूठान । वेलवास माध्यमिक विद्यालयले शैक्षिक सत्र २०८२ मा विभिन्न विषय तथा विधामा उत्कृष्ट नतिजा हासिल गर्ने शिक्षक तथा विद्यार्थीलाई सम्मान गरेको छ ।
विद्यालयको सामाजिक लेखापरीक्षण तथा सम्मान
कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट विद्यार्थी तथा शिक्षकलाई सम्मान तथा बधाई प्रदान गरिएको हो ।
रेशमा गोराथोकीको अध्यक्षता तथा स्वर्गद्वारी नगरपालिकाका नगरप्रमुख टेक प्रसाद भण्डारीको प्रमुख आतिथ्यता, शिक्षा शाखा प्रमुख वासुदेव खनाल, सुरज घर्ती मगरको विशेष आतिथ्यता
थियो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक दिनुप्रसाद अधिकारीले स्वागत मन्तव्य राख्दै शैक्षिक सत्र २०८२ मा उत्कृष्ट नतिजा हासिल गर्न मेहनत गर्ने शिक्षकहरूलाई बधाई तथा उत्कृष्ट विद्यार्थीहरूलाई आगामी शैक्षिक यात्राका लागि शुभकामना व्यक्त गर्नुभयो ।
कार्यक्रममा बोल्दै शिक्षा शाखा प्रमुख वासुदेव खनालले उत्कृष्ट नतिजा हासिल गर्न सफल सिङ्गो विद्यालय परिवारलाई बधाई दिनुभयो । उहाँले विद्यालयको शैक्षिक तथा प्रशासनिक कार्यलाई सँगसँगै अघि बढाउन सफल भएकोमा प्रधानाध्यापकलाई समेत बधाई व्यक्त गर्नुभयो । साथै उत्कृष्ट नतिजा ल्याउने शिक्षकहरूलाई सम्बन्धित निकायबाट समेत छिट्टै सम्मान गरिने जानकारी दिनुभयो ।
शैक्षिक सत्र २०८२ को एसईई परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्न सफल वेलवास माध्यमिक विद्यालयलाई बधाई दिँदै उहाँले विद्यालयको शैक्षिक उपलब्धि सम्पूर्ण विद्यालय परिवारको सामूहिक मेहनतको परिणाम भएको बताउनुभयो।
कार्यक्रमको सञ्चालन शिक्षक जयप्रकाश खनालले गर्नुभएको थियो ।


S.K. Creative Media Group