काठमाण्डौ । नेपाली कांग्रेसको उपसभापतिमा चन्द्र भण्डारी, मधु आचार्य र विनोद चौधरी निर्वाचित हुनुभएको छ ।
उपसभापति पदमा खुल्लातर्फ चन्द्र भण्डारीले सर्वाधिक ३ हजार ७३५ मत प्राप्त गरि विजयी हुनुभएको हो । मधु आचार्य २ हजार ३४२ मत प्राप्त गरि विजयी हुनुभएको छ ।
समावेशी उपसभापतिमा बिनोद चौधरी १ हजार ७४५ मत प्राप्त गरि विजयी हुनुभएको छ ।
खुला उपसभापतिका अन्य प्रतिस्पर्धीहरूमा गोविन्द भट्टराईले १ हजार ७५२, सुरेन्द्रराज पाण्डेले १ हजार ६७३, धनराज गुरुङले १ हजार ५९६, दीपक गिरीले ९२३ र प्रा.डा. चन्द्र मोहन यादवले ७६० मत प्राप्त गर्नभएको छ ।
समावेशी उपसभापतिमा प्रतिस्पर्धा गरेका जीवन परियारले १ हजार ६५८, फरमुल्लाह मन्सुरले १ हजार १४४, सीता गुरुङले १ हजार ११२ र रन्जित कर्णले ५६२ मत प्राप्त गर्नुभएको छ ।
महिला उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित भइसक्नुभएको छ । वरिष्ठ उपसभापतिमा पनि विश्व प्रकाश शर्मा निर्विरोध निर्वाचित हुनुभएको छ ।

S.K. Creative Media Group