काठमाण्डौ । प्रधानमन्त्री वालेन्द्र शाहले शान्ति सुरक्षा कायम गर्ने, अपराध अनुसन्धान गर्ने तथा नागरिकको स्वतन्त्रता र अधिकारको रक्षा गर्ने महत्त्वपूर्ण जिम्मेवारी नेपाल प्रहरीको काँधमा रहेको बताउनुभएको छ ।

यस्तो जिम्मेवारी निर्वाह गर्दा कुनै पनि अनुचित प्रभाव वा दबाबमा नपरी निष्पक्ष रूपमा काम गर्न उहाँले दीक्षित प्रहरी निरीक्षकहरूलाई निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्री शाहले प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन सूचना प्रविधिको प्रभावकारी सदुपयोग गर्न प्रहरी निरीक्षकहरूलाई निर्देशन दिनुभएको छ ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगन्जमा सोमबार प्रहरी निरीक्षक आधारभूत तालिमको १८४औँ समूहको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले प्रहरी सेवालाई प्रभावकारी, पारदर्शी र विश्वसनीय बनाउन प्रविधिको प्रयोग अपरिहार्य रहेको बताउनुभयो ।

प्रविधिको सही प्रयोगबाट प्रहरीको काम छिटो र सहज हुनुका साथै अपराध नियन्त्रण तथा अनुसन्धानमा प्रभावकारी परिणाम हासिल गर्न सकिने उहाँको भनाइ थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय