बाँके । बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या दोब्बरभन्दा बढी वृद्धि भएसँगै मध्यवर्ती क्षेत्रका बासिन्दामा त्रास पनि बढेको छ । सन् २०२२ मा २५ वटा बाघ रहेको बाँके राष्ट्रिय निकुञ्जमा राष्ट्रिय बाघ सर्वेक्षण-२०२६ को नतिजाअनुसार अहिले बाघको सङ्ख्या बढेर ५१ पुगेको छ ।

निकुञ्जका अनुसार बाँके तथा आसपासका वन क्षेत्रलाई कम्प्लेक्समा विभाजन गरी बाघको गणना गरिएको थियो ।

बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वीरेन्द्र कँडेलका अनुसार बाँकेमा सन् २०१३ मा चारवटा बाघ थिए । सन् २०१८ मा बढेर २१ पुगेको सङ्ख्या सन् २०२२ मा २५ पुगेको थियो । अहिले उक्त सङ्ख्या बढेर ५१ पुगेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय