प्यूठान । प्यूठान उद्योग वाणिज्य संघले बुधबार संघको कार्यालय खलंगामा चाडपर्व विशेष शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । सफा र सुरक्षित प्यूठान जिल्ला बनाउने अवधारणालाई जोडेर संघले शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको हो ।

संघका अध्यक्ष सन्देश आचार्यले सफा र सुरक्षित प्यूठान जिल्ला बनाउनका लागि संघले सहकार्य गर्न तयार रहेको भन्दै त्यसको नेतृत्व स्थानीय सरकारले गर्नुपर्ने बताउनभुयो । कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै प्यूठान जिल्लालाई सफा र सुरक्षित जिल्ला बनाउन सवै सरोकारवालाहरुले ऐक्येवद्धता जनाउनुपर्ने कार्यपत्रमा उल्लेख छ ।

कार्यक्रममा प्रमुख अतिथी प्यूठान नगरपालिकाका नगर प्रमुख विष्णु बहादुर योगीले आफूबाट परिवर्तनको शुरुवात गर्नुपर्ने बताउनुभयो । उहाँले स्थानीय नागरिकलाई आफ्‌नो कर्तव्य पालना गर्न तर्फ प्रेरित गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा मल्ल्रानी गाउँपालिका अध्यक्ष कृष्ण बहादुर खड्काले संघले उठाएको सवाललाई पुनः छलफल गरि अगाडी बढाउनुपर्ने बताउनुभयो । स्थानीय सरकार, राजनीतिक दल र सरोकारवालाबीच थप छलफल गर्नुपर्ने उहाँको भनाई थियो ।
कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, कार्यालय तथा संघ संस्थाका प्रमुख तथा प्रतिनिधिले आफ्‌नो धारणा राखेका थिए ।

सोही अवसरमा संघले सहायक प्रमुख जिल्ला अधिकारी दशरथ राईलाई स्वागत समेत गरेको थियो । कार्यक्रममा स्वागत वरिष्ठ उपाध्यक्ष भक्तु गिरी र सञ्चालन महासचिव झविन्द्र शर्माले गर्नुृभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय