प्यूठान । नेपाली लोक तथा दोहोरी क्षेत्रका चर्चित मोडेल तथा गायक प्रबिन घर्ती मगरको नयाँ सांगीतिक कोसेली ‘जन्म ठाउँ’ सार्वजनिक भएको छ । जन्मभूमिको माया र भावनालाई समेटेर तयार पारिएको यस गीतमा प्रबिन घर्ती मगर र गायिका सरिता सुनारको सुमधुर आवाज रहेको छ ।
मूर्छुङ्गा डिजिटल स्टुडियोमा रेकर्ड गरिएको यस गीतको शब्द तथा संगीत स्वयं प्रबिन घर्ती मगरले नै तयार पारेका हुन भने संगीत संयोजन (अरेन्ज) र मिक्सिङ/मास्टरिङको जिम्मेवारी सञ्जय श्रीपालले निभाएका छन । गीतको रेकर्डिङ गोविन्द ओली (रोपाली) र रमेश नेपालीले गरेका हुन ।
भिडियोतर्फ पनि उत्कृष्ट टिमको सहकार्य रहेको छ । चर्चित निर्देशक मुकेश नेपालीको निर्देशनमा तयार भएको भिडियोमा नारायणी खत्री र प्यार अलि खानको दमदार अभिनय देख्न सकिन्छ । बुद्ध थापाको सिनेमाटोग्राफी, अजित राना मगरको ड्रोन अपरेसन र नवीन घर्ती मगरको सम्पादन रहेको यस भिडियोको पोस्ट प्रोडक्सन एड्भेन्चर इन्टरटेनमेन्टले गरेको हो ।
यो गीत ‘प्रबिन घर्ती मगर अफिसियल’ युट्युब च्यानलमार्फत बजारमा आएको छ । जन्मगाउँको सम्झना र मौलिकता बोकेको
प्यूठान चिनाउने यो गीतलाई स्रोता तथा दर्शकले निकै रुचाउने अपेक्षा गरिएको छ ।
https://youtube.com/watch?v=E23xbN6-x6s&si=QyTYABTryqwr8w8y

S.K. Creative Media Group