हेटौडा । मकवानपुरको हेटौडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । दुर्घटनामा
हेटौडा उपमहानगरपालिका-९ एचआइडी निवासी ५५ वर्षीय श्यामकुमार तामाङको ज्यान गएको हो ।
बुधबार बिहान पूर्वपश्चिम राजमार्गमा ना ४२ प ७२८३ नम्बरको मोटरसाइकललाई ग १ ख ९४२४ नम्बरको ट्रकले ठक्कर दिएको थियो ।
प्रहरीले दुर्घटनामा संलग्न ट्रक र मोटरसाइकलसहित ट्रक चालक सर्लाहीको धनकौल गाउँपालिका–१ निवासी ४४ वर्षीय नागेश्वर महतोलाई नियन्त्रणमा लिएको छ ।

S.K. Creative Media Group