प्यूठान । प्यूठान नगरपालिका–१ ले आफ्नै प्रशासनिक भवनबाट सेवा सुरु गरेको छ। खैरामा ५५ लाख २२ हजार रुपैयाँ लागतमा निर्माण गरिएको भवन उद्घाटन भएसँगै वडावासीलाई सेवा लिन सहज हुने भएको छ।

सोमबार भवन उद्घाटन गर्दै नगरप्रमुख विष्णुबहादुर योगीले सीमित स्रोतका बाबजुद नगरपालिकाले पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको बताउनुभयो।

उहाँले ससर्त अनुदानको विद्यमान प्रणालीले स्थानीय तहलाई जनताको आवश्यकताअनुसार काम गर्न कठिन बनाएको भन्दै वित्तीय समानीकरण अनुदान बढाउनुपर्नेमा जोड दिनुभयो। ससर्त अनुदानको बजेटले स्थानीय तहका दायित्व बढाए पनि जनताको सामान्य आवश्यकतासमेत पूरा गर्न कठिन भएको उहाँको भनाइ थियो।

कार्यक्रममा उपप्रमुख देवेन्द्र वर्मा, प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद भुषाल, वडाध्यक्ष, जनप्रतिनिधि तथा कर्मचारीको लगायत स्थानीय जनताको उपस्थिति थियो।

नगरपालिकाका प्रवक्ता सुमनराज श्रेष्ठका अनुसार प्यूठान नगरपालिका वडा नम्बर ५, ८ र १० मा पनि प्रशासनिक भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । निर्माणका सम्पुर्ण काम सकिए लगत्तै उक्त भवन्को समेत उद्घाटन गरिने नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय