एजेन्सी । चीनको तिब्बती क्षेत्रस्थित बाकेन काउन्टीलाई केन्द्रबिन्दु बनाएर बिहीबार ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पमा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ३२ घाइते भएका छन्।

चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार भूकम्पका कारण ३३९ वटा घर ध्वस्त हुनुका साथै प्रभावित क्षेत्रको विद्युत् आपूर्ति पूर्ण रूपमा अवरुद्ध भएको छ। स्थानीय आपत्कालीन व्यवस्थापन ब्युरोलाई उद्धृत गर्दै सरकारी समाचार संस्था सिन्ह्वाले उल्लेख गरेअनुसार भूकम्प लगत्तै आपत्काल घोषणा गरी प्रभावित क्षेत्रमा उद्धार टोली परिचालन गरिएको छ।

पहिरो र चट्टान खसेर सडकहरू अवरुद्ध भएका कारण उद्धारकर्मीहरूलाई बढी उचाइमा रहेका दुर्गम बस्तीहरूसम्म पुग्न कठिनाइ भइरहेको छ।

भूकम्पको केन्द्रबिन्दु रहेको बाकेन काउन्टी तिब्बतको ल्हासाबाट करिब ४०० किलोमिटर उत्तर-पूर्वमा पर्दछ। यस भूकम्पको कडा धक्का तिब्बतका अन्य दुई प्रमुख शहरहरू छाम्डो र न्यिङ्चीमा समेत महसुस गरिएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय