काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तिन दिने भारत भ्रमणमा जान लाग्नुभएको छ । तीर्थाटनका लागि भारत जान लाग्नुभएको उहाँको सचिवालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
विज्ञप्तिमा भनिए अनुसार सभापति लामिछाने भारतको उत्तराखण्ड, नैनीतालस्थित कैँची धाम र आसामको गुवाहाटीस्थित कामाख्या देवीको पूजाअर्चनाका लागि परिवारसहित पुग्नुहुने छ । उहाँको निजी भ्रमण रहेको सचिवालयले जनाएको छ ।


S.K. Creative Media Group