काठमाडौँ । आगामी दुई दिन देशका हिमाली र पहाडी भूभागमा आंशिक बदली हुने तथा केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तराईका क्षेत्रमा भने मौसम मुख्यतया सफा रहनेछ ।

महाशाखाले शुक्रबार र शनिबारका लागि जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभाग तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्छ ।

 

आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बादल लाग्नेछ। देशका बाँकी हिमाली तथा पहाडी भूभागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ । तराईका केही स्थानमा बिहानपख हुस्सु वा कुहिरो लाग्न सक्ने महाशाखाले जनाएको छ ।

 

शनिबार पनि हिमाली र पहाडी भूभागमा आंशिक बदली रहनेछ। कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका हिमाली भूभाग तथा कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ। तराईमा भने मौसम मुख्यतया सफा रहनेछ ।

 

शनिबार राति कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली हुने र अन्य हिमाली तथा पहाडी क्षेत्रमा मौसम मुख्यतया सफा रहने अनुमान छ। तराईका केही स्थानमा बिहानपख हुस्सु वा कुहिरो लाग्न सक्ने महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय