प्यूठान । जिल्ला अस्पताल प्यूठानले सर्जन सेवा सुरु गरेको छ। सोमबार देखि अस्पतालमा यो सेवा सुरु गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद बसेल (रोयल कृष्ण ) ले जानकारी दिनुभयो ।
यससँगै अब जिल्लावासीले विभिन्न प्रकारका शल्यक्रिया सेवा आफ्नै जिल्लाको अस्पतालबाटै हुने समेत उहाँले जानकारी दिनुभयो ।
लामो सघर्षपछि यो सेवा प्यूठान अस्पतालबाट सुरु गरेपछि सामान्य सर्जनको लागी जिल्ला बाहिर जानुपर्ने बाध्यता हटने विश्वास लिईएको छ । आगामी दिनमा अन्य विशेषज्ञ सेवालाई पनि सुचारु गर्ने अध्यक्ष बसेलले बताउनुभयो ।


S.K. Creative Media Group