प्युठान । जिल्लाको झिमरुक गाउँपालिकाले महिला कर्मचारीकाे क्षमता अविबृद्धिको लागि दुई महिने कम्प्युटर तालिम सुरु गरेको छ । सोमबार झिमरुक गाउँपालिका-८, टिमुचौरले एक कार्यक्रमको आयोजना गरि कम्प्युटर तालिमको उद्घाटन गरिएको छ ।
तालिमको उद्घाटन गर्दै वडा अध्यक्ष तुलस बहादुर बस्नेतले स्थानीय महिलाहरुलाई युग अनुसार प्रबिधिसँग जोडेर लैजानुपर्ने आवश्यकता भएको भन्दै कम्प्युटर तालिमको आयोजना गरिएको बताउनुभएको छ। सिप बिकास तालिमले महिलाहरूलाई सशक्तिकरण गर्दै दैनिक कार्य सम्पादन र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन फलदायी हुने अध्यक्ष बस्नेतले बताउनुभयो। तालिमले महिला कर्मचारीको क्षमता अभिबृद्धि गर्नुका साथै कार्य सम्पादनमा अपेक्षित उपलब्धि हासिल गर्न सहयोग पुग्ने विश्वास गरेको उहाँले बताउनुभयो ।

जनता माध्यमिक बिद्यालय टिमुरचौरको सभा हलमा सुरु भएको तालिममा सहभागिताको लागि वडा नम्बर ८ मा रहेको आधारभुत स्वास्थ्य सेवा केन्द्र, जनता माध्यमिक विद्यालय, बालशिक्षा आधाभुत बिद्यालय, प्रगतिशील आधारभुत बिद्यालय, सुर्य आधारभुत बिद्यालयका महिला शिक्षिका र ईख्नादेबि महिला सहकारी संस्थामा कार्यरत महिला शिक्षिका, स्वास्थ्यकर्मी व्यवस्थापक समेत गरि १७ जना जना महिलाहरुको सहभागिता रहेको वडाले जानकारी दिएको छ।
वडाको चालू आर्थिक वर्षको बार्षिक स्वीकृत कार्यक्रम अनुसार कम्प्युटर तालिमको लागी १ लाख ५० हजार रुपैंया बजेट विनियोजन गरिएको छ । वडा अध्यक्ष तुलस बहादुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा जनता माद्यामिक बिद्यालय टिमुरचौरका प्रध्यानाध्यापक बिजय सागर गिरी, वडा सदस्य शिक्षक कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।



S.K. Creative Media Group