घोराही । राप्ती इञ्जिनियरिङ कलेजले ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेसन (विविए) कार्यक्रम सञ्चालनमा ल्याएको छ । दाङको घोराही -१६ मा रहेको कलेजले पत्रकार सम्मेलन मार्फत यो वर्षदेखि कलेजमा बिबिए कार्यक्रम सञ्चालनमा ल्याएको जानकारी दिएको हो ।
राप्ती इञ्जिनियरिङ कलेजले हालसम्म पाँचवटा शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको छ । २०६६ सालमा पोखरा विश्वविद्यालयबाट सम्बन्धन पाएर चारवर्षे ब्याचलर अफ कम्प्युटर एप्लिकेशन (विसीए) सञ्चालन गरेको कलेजका कार्यकारी निर्देशक डा. शैलेन्द्र गिरी जानकारी दिनुभयो । डा. गिरीका अनुसार २०६८ सालमा पोखरा विश्वविद्यालयबाटै सम्बन्धन पाएर चारवर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ (विइ सिभिल) र ब्याचलर अफ इलेक्ट्रिकल एण्ड कम्युनिकेसन इन्जिनियरिङ कार्यक्रम सञ्चालन भैरहेको समेत जानकारी दिनुभयो ।
त्यस्तै २०८० सालमा पोखरा विश्वविद्यालयबाटै सम्बन्धन पाएर चारवर्षे ब्याचलर अफ कम्प्युटर इन्जिनियरिङ कार्यक्रम शुरु गरेको उहाँले बताउनुभयो । यसवर्षदेखि कलेजले (विविए) कार्यक्रम थप गरेको जानकारी दिनुभयो । बिबिए कार्यक्रमको लागि पाँच जना स्कलरसीप सहित ४८ कोटामा विद्यार्थी भर्ना गरिने कलेजले जनाएको छ।
राप्ती इञ्जिनियरिङ कलेज २०६४ सालमा स्थापना भएको थियो। हाल कलेजले पूर्ण छात्रवृत्ति दिएका ३० जना विद्यार्थी समेत गरि कुल २ सय ८८ विद्यार्थी भर्ना गर्ने अनुमति पाएको डा. गिरीले जानकारी दिनुभयो ।
कलेजबाट उत्तीर्ण भएका सबै सेक्टरमा विद्यार्थीको जवप्लेसमेन्टको व्यवस्था गरिएको छ। जसले गर्दा ८० प्रतिशत भन्दा बढीले विद्यार्थीले नेपालमै रोजगारी पाएको डा. गिरीले बताउनुभयो। उहाँले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्बन्ध बलियो बनाउँदै गएकोले कलेजमा उत्पादित जनशक्तिले अन्तर्राष्ट्रिय बजारमा समेत काम गर्न सहज भएको बताउनुभयो। कलेजले उत्कृष्ट विद्यार्थीलाई स्कलरसीपको समेत व्यवस्था गरेकोले लाभ लिन सक्ने जानकारी दिनुभयो।
कलेजका कार्यकारी निर्देशक डा. शैलेन्द्र गिरीको अध्यक्षतामा भएको कार्यक्रममा कलेजका निर्देशक मधुसूदन वैद्यको स्वागत मन्तव्य रहेको थियो भने कार्यक्रमको सहजीकरण कलेजका म्यानेजिङ डाइरेक्टर डा.भीमसेन गिरीले गर्नुभएको थियो ।



S.K. Creative Media Group