तुलसीपुर । दाङमा त्रिसिद्धेश्वरी राप्ती यातायात सेवा प्रालिले सुविधा सम्पन्न डिलक्स बस सञ्चालमा ल्याउने भएको छ। बिहिवार एक कार्यक्रमको आयोजना गरि प्रालिले जिल्लामा हालसम्म सञ्चालित बसहरुमा भएको भन्दा थप सेवासुविधा सहितका गाडी सञ्चालमा ल्याउन लागेको जनाएको हो ।

प्रालिका अध्यक्ष सुरेश हमालले चारवटा बस सार्वजनिक गरिएको छ । बसहरुमा महिला परिचालक (कण्डक्टर) रहने प्रालिका अध्यक्ष हमालले बताउनुभयो । ‘रोयल एडभेञ्चर’ नाम दिइएको उक्त गाडीमा फूल एसी, सोफा सिट र बिरामीका लागि सुतेर यात्रा गर्न मिल्ने तीन वटा सिटसहितको सुविधा छ भने फराकिलो गल्लीलगायतका सुविधा रहेको उहाँले जानकारी दिनुभयो।

त्रिसिद्धेश्वरी राप्ती यातायात सेवा प्रालिमा सवारी साधन र कार्यालयमा गरी करिव दुई हजारबढी कर्मचारी कार्यरत रहेपनी महिलाको संख्या न्यून रहेकोले पेशामा महिलाहरुको आवद्धता बढाउन प्रालिका गाडीमा महिला परिचालन राख्ने ब्यवस्था मिलाएको बताउनुभयो । महिला परिचालकले गर्दा बसको यात्रामा महिलालाई थप सहजता हुने अपेक्षा प्रालिले लिएको उहाँले जानकारी दिनुभयो।

गाडीले दाङ–काठमाडौं सेवा दिने छ। यो नयाँ सेवा प्रवाह आज शुक्रबारबाट हुने प्रालिले जनाएको छ । सुविधा थप भए पनि भाडादर भने बढाइएको छैन । यात्रुको गुनासोलाई मध्यनजर गर्दै अहिले सेवा प्रवाहमा रहेका गाडीमा भएका कमजोरीलाई सुधार गरिने र यात्रुको चाहाना अनुसार नयाँ बसमा थप सेवा प्रवाह गरिने अध्यक्ष हमालले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय