प्यूठान । जिल्लामा एक वर्षमा पाँच हजार ६२० थान राहदानी वितरण भएको छ । जिल्ला प्रशासन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८०/०८१ मा उक्त संख्यामा राहदानी वितरण गरिएको हो ।
कार्यालयले पाँच हजार ७१३ जनालाई राहदानीको सिफारिस गरेको जनाएको छ । राहदानीबाट कार्यालयले दुई करोड ९५ लाख ४६ हजार दुई सय रुपियाँ राजश्व संकलन गरेको छ ।
कार्यालयको वार्षिक प्रतिवेदन अनुसार जिल्लामा एक वर्षमा १७ हजार ९३८ जनाको राष्ट्रिय परिचयपत्र दर्ता भएको छ । त्यसैगरी ९ हजार ४६९ जनाले नयाँ नागरिकता बनाएका छन भने आठ हजार सात जनाले नागरिकताको प्रतिलिपि निकालेका छन् ।



S.K. Creative Media Group