प्यूठान । प्यूठान क्याम्पसको १६ औं क्याम्पस सभा तथा छैठौं अधिबेशन सप्पन्न भएको छ । सोमबार क्याम्पस सभाहलमा प्रमुख अतिथि जिल्ला समन्वय समिति प्यूठानका प्रमुख धरम बहादुर जिसीले उद्घाटन गर्नुभएको हो ।
क्याम्पस संचालक समितिका अध्यक्ष योगेन्द्र श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा बिशेष अतिथी मल्लरानी गाउँपालिका अध्यक्ष कृष्ण बहादुर खड्का, निमित्त प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेबी अधिकारी, प्रहरी नायब उपरीक्षक ईश्वर थापा लगायत अतिथिको सहभागिता रहेको थियो ।
कार्यक्रममा क्याम्पस प्रमुख कल्पना खड्काले वार्षिक प्रतिबेदन र बजेट प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा २१ जना विद्यार्थीलाई विभिन्न छात्रवृत्ति प्रदान गरिएको छ । नयाँ संचालक समिति चयन गर्न कात्तिक २८ गते मिति तय गरिएको क्याम्पस प्रमुख खड्काले जानकारी दिनुभयो ।



S.K. Creative Media Group