प्यूठान । नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलकी सचेतक निमा गिरीले पदबाट राजीनामा दिनुभएको छ । उहाँले दलका नेता डिल्लीबहादुर चौधरीसमक्ष सोमबार राजीनामा बुझाउनु भएको हो ।

गिरीले आइतबार मात्रै ५ जना महिला सांसद लिएर चौधरीलाई सरकारमा कांग्रेसबाट एक जना महिला मन्त्री बनाउन डेलिकेसन बुझाउनुभएको थियो । पछिल्लो कांग्रेस र एमाले गठबन्धन सरकारमा गिरी मन्त्रीको आकांक्षी हुनुहुन्थ्यो।

गिरी प्यूठानबाट समानुपातिक सांसद हुनुहुन्छ । यसअघि प्रमुख सचेतक जन्मजय तिमिल्सिनाले पनि राजीनामा दिनुभएको थियो । तिमल्सिना पनि अन्तिममा मन्त्री बन्नबाट रोकिनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय