प्यूठान । संविधान दिवस २०८१ को पुर्व सन्ध्यामा सदरमुकाम खलंगामा दीप प्रज्वलन गरिएको छ । खलंगा पाटी चोकमा बेलुका दीप प्रज्वलन गरिएको हो ।
जिल्ला समन्वय समिति प्यूठानका उप प्रमुख दुर्गा रेग्मी, प्रमुख जिल्ला अधिकारी रमा सुबेदी, मल्लरानी गाउँपालिका अध्यक्ष कृष्ण बहादुर खड्का , उपाध्यक्ष रमेशकुमार श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वर थापा सहित कार्यालय प्रमुख, कर्मचारी, स्थानीयको सहभागिता थियो ।
जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको संयुक्त आयोजनामा दीप प्रज्वल्न गरिएको हो । बिहीवार प्रभातफेरी सहित औपचारिक कार्यक्रम गर्न लागिएको छ ।






S.K. Creative Media Group