प्यूठान । संविधान दिवस-२०८१ तथा राष्ट्रिय दिवस जिल्लामा विभिन्न कार्यक्रम गरि मनाईएको छ । बिहिवार सदरमुकाम खलंगामा प्रभतफेर्वे गरी जिल्ला समन्वय समितिको सभाहलमा औपचारिक कार्यक्रम गरिएको छ ।
कार्यक्रममा बोल्ने बक्ताले लामो त्याग र आन्दोलनबाट प्राप्त गरेको संविधान र गणतन्त्रलाई सस्थागत गर्नुपर्ने बताएका थिए ।ऊनीहरुले संविधानको मर्म र भावनानुरुप काम हुन नसकेकोमा चिन्ता गर्दै सबै जिम्मेवार बन्नुपर्नेमा जोड दिएका थिए ।
बक्ताले संविधान दिवसलाई औपचारिक रुपमा मनाउने मात्र नभएर संविधानको महत्त्व, संविधानका धारामा बहस र छलफल गर्ने गरि अन्तरक्रिया गरिनुपर्ने बताएका छन । पछिल्लो समय ब्याप्त भ्रस्टाचार र बेरोजगारी समस्याले गर्दा नागरिकमा निराशा देखिएको उनीहरुको भनाई छ ।
जिल्ला समन्वय समिति प्यूठानका प्रमुख धरम बहादुर जिसीको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत मन्तब्य उप-प्रमुख दुर्गा रेग्मीले गर्नु भएको थियो । कार्यक्रममा मल्लरानी गाउँपालिका अध्यक्ष कृष्ण बहादुर खड्का, गौमुखी गाउँपालिका अध्यक्ष बिष्णु कुमार गिरी, जिल्ला न्यायाधीश हिरन्य प्रसाद भण्डारी, प्रमुख जिल्ला अधिकारी रमा सुबेदी, नेकपा एमालेका सचिब इन्द्रमणी पोख्रेल, राष्ट्रिय जनमोर्चाका धुर्व थापा, मल्लरानी गाउँपालिका उपाध्यक्ष रमेशकुमार श्रेष्ठ, पत्रकार महासंघ प्यूठानका अध्यक्ष सन्जय रिजाल, नागरिक समाज प्यूठानका अध्यक्ष सुमन सुबेदी, रेडक्रस प्यूठानका मन्त्री दामोदर शर्माले शुभकामना मन्तब्य राख्नुभएको थियो ।
संविधान दिवस राष्ट्रिय दिवस कार्यक्रम विभिन्न कार्यालयको नेतृत्वमा जिल्लाका विभिन्न स्थानमा विविध कार्यक्रम गरि दिवस मनाउने निर्णय भएको समन्वय प्रमुख धरम बहादुर जिसीले बताउनुभयो । कार्यक्रममा जिल्लाका विभिन्न कार्यालयका प्रतिनिधि,राजनीतिक दलका प्रतिनिधि , संघसस्थाका प्रतिनिधि, सुरक्षानिकाय का प्रतिनिधि,पत्रकार, शिक्षक विद्यार्थी लगाएतको सहभागिता रहेको थियो । जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय र मल्लरानी गाउँपालिकाको आयोजनामा कार्यक्रम गरिएको हो ।






S.K. Creative Media Group