प्यूठान । राष्ट्रिय अपाङ्ग सेवा संघ प्यूठानको १८ औं वार्षिक साधारणसभा सप्पन्न भएको छ । साधारणसभाले आर्थिक वर्ष ०८०/०८१ मा सप्पन्न गरेका गतिविधि सहितको प्रगति प्रतिबेदन र आर्थिक प्रतिबेदन व्यापक छलफल सहित पारित गरेको छ ।

कार्यक्रममा मल्लरानी गाउँपालिका ४ निबासी समाजसेवी भरत कुमार श्रेष्ठले स्थापना गर्नुभएको अक्षयकोषबाट अपाङ्गता भएका बालबालिकालाई शैक्षिक सामग्री प्रदान गरिएको छ । समाजसेवी श्रेष्ठको परिवारको तर्फबाट योगेन्द्र श्रेष्ठले शैक्षिक सामग्री प्रदान गर्नुभएको थियो ।

 

साधारणसभाले कार्य समितिमा रिक्त रहेको सचिवमा सीता सुनार र सदस्यमा कर्ण बहादुर सुनार र महेन्द्र थापालाई चयन गरेको छ ।

साधारणसभामा संघका निवर्तमान अध्यक्ष जुमान सिंह केसीले अपाङ्गता भएका ब्यक्तिलाई अझैपनि समाजले सहर्ष स्वीकार गर्न नसकेको भन्दै अभियानलाई थप प्रभावकारी बनाउनुपर्ने बताउनुभयो ।


संघले विभिन्न निकायसंगको साझेदारीमा अपाङ्गता लक्षित कार्यक्रम संचालन गर्दै आएको अध्यक्ष हुनाराम खड्काले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय