प्यूठान सर्पको टोकाईबाट एक जना महिलाको ज्यान गएको छ । नौबहिनी गाउँपालिका-५, डामृ निवासी ४६ वर्षीया जलसरा केसीको सर्पको टोकाईबाट ज्यान गएको हो ।

मल्लरानी गाउँपालिका-३, चुँजाठाटीमा बस्दै आउनुभएकी केसीलाई शौचालयमा सर्पले टोकेको स्थानीय श्याम थापाले बताउनुभयो । “शौचालयमा मुसाको गुड हटाउने क्रममा टोकेको रहेछ,” उहाँले भन्नुभयो, “मुसाले टोकेको होला भनेर ख्याल गर्नुभएनछ, पछि शरिर झम्म पार्न थालेपछि मात्र उपचारका लागि पठाइएको थियो ।”

स्वर्गद्घारी नगरपालिका-९, लामाचौर स्थित शर्पदंश उपचार केन्द्रमा उपचारका लागि पुर्‍याए लगत्तै के.सी.को मृत्यु भएको थियो । शर्पदंश उपचार केन्द्रका प्रमुख हेमराज पौडेलले विरामी अचेत अवस्थामा रहेको र उपचार गरेपनि सुधार नभएको बताउनुभयो । “हामीले रिसिभ गर्दा अचेत अवस्थामा हुनुहुन्थ्यो,” उहाँले भन्नुभयो, “उपचारका क्रममा सुधार आएन, शवलाई जिल्ला अस्पताल पठायौं ।”

नौबहिनी स्थायी घर भएपनि केसीको परिवार मल्लरानी गाउँपालिका-२, मा अस्थायी रुपमा खेती किसानी गरेर बस्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय