प्यूठान । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका सचिबालय सदस्य धनेश्वर पाेख्रेलले नेपालका कम्युनिस्ट भन्नेहरु सरकार र सत्तामा डुब्ने गरेकाे बताउनुभएको छ ।
शुक्रबार गरेकाे पत्रकार भेटघाट कार्यक्रममा बाेल्दै पाेख्रेलले नेपालमा आफुलाइ कम्युनिस्ट भन्नेहरु सरकारमा पुगेपछि जनताकाे जनजिबिका, राष्ट्र र राष्ट्रियतालाई भुलेर भ्रष्ट, अनैतिक हुँदै पतनकाे बाटाेमा लागेकाे आराेप लगाउनुभएको हो ।
पार्टीकाे महाधिबेशनकाे सन्दर्भमा आयाेजित पत्रकार भेटघाट कार्यक्रममा सदस्य पाेख्रेलले आफ्नाे पार्टी सानाे भएपनि जनताका पक्षमा विभिन्न अभियान चलाएको उल्लेख गर्नुभयो । पार्टीका गतिविधिलाई राष्ट्रिय मुलधारका मिडियाले महत्त्व नदिएकाेले बाहिर पाटिले केही नगरेकाे जस्तो देखिएकाे उहाँले गुनासाे गर्नुभयो ।
पार्टी एकताकाे कुरामा पाेख्रेलले नेपालमा परिवर्तन चाहाने क्रान्तिकारी शक्तिबीच एकता भए पनि प्रचण्ड नेतृत्वको माओवादीसंग एकता नहुने प्रष्ट पार्नुभयो । मङ्सिर १२ देखि २२ गते सम्म चल्ने एकता महादिबेशनले जनताकाे जिबिकाकाे सन्दर्भमा ठाेस नीति तय गरि अगाडि बढ्ने उहाँको भनाई छ । उहाँले बिप्लपले पनि हाल आएर समाजवादी माेर्चाकाे नाममा मिसन ८४ चलाएकाे आराेप लगाउनुभयो ।
नेकपा (क्रान्तिकारी माओवादी ) , नेकपा बहुमत र नेकपा (मशाल) बीचकाे पार्टी एकता पछिकाे एकता महाधिवेशनले मार्ग निर्देशक मार्क्सवाद, लेलिनवाद र माओवाद विचारलाई थप बलियाे बनाउने केन्द्रीय सचिवालय सदस्य एवम प्यूठान इन्चार्ज टिकाराम पौडेलले बताउनुभयो ।
कात्तिक १० र ११ गते जिल्ला सम्मेलन सक्ने पार्टीको योजना रहेको जिल्ला संयोजक वीर बहादुर पुनले बताउनुभयो । उहाँका अनुसार जिल्ला अधिवेशन अघि वडा, पालिकाको अधिवेशन हुनेछ ।



S.K. Creative Media Group