दाङ । दाङको गढवा गाउँपालिका वडा नम्बर २ महादेवा घर भएका २५ वर्षका अनिल बिश्वकर्मालाई प्रहरीले जवरजस्ती करणी गरेको आरोपमा पक्राउ गरेको छ ।

 

एकजना १६ वर्षकी बालिकालाई अति आबश्यक कुरा गर्नु पर्ने छ भनि आफनै घरमा बोलाई ललाई फकाई गरी जवरजस्ती करणी गरेको भनि पिडितले दिएको जाहेरी दरखास्तको आधारमा अनिल बिश्वकर्मालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

 

इलाका प्रहरी कार्यालय गढवाको हिरासतमा राखी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक एवं सूचना अधिकारी इश्वर थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय