दाङ । जिल्ला प्रहरी कार्यालय दाङले ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ । दुई जना होटेल सञ्चालक र अर्का एक युवकलाई दाङ प्रहरीले ब्राउन सुगरसहित पक्राउ गरेको हो ।
रोल्पाको थवाङ गाउँपालिका- १ घर भई हाल दाङको घोराही उपमहागनरपालिका-१४ नयाँ बसपार्कमा ‘न्यू थवाङ्गी लाली गुराँस खाजा घर’ संचालक २३ वर्षीय किशोर सुनार पक्राउ परेका हुन ।
जिल्ला प्रहरी प्रवक्ता डिएसपी ईश्वर थापाका अनुसार रोल्पा घर भएका र हाल दाङको घोराही वडा नम्बर १४ बसापार्क क्षेत्रमा ‘न्यू कोसेली खाजा घर’ सञ्चालन गर्दै आएकी ४७ वर्षीया मीना घर्ती मगरलाई पनि पक्राउ गरेको छ ।
त्यस्तै घोराही-१० जलौराका २० वर्षीय आकाश बुढा पनि प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार शुद्ध तौल गर्दा सुनारको साथवाट १८० मिली ग्राम, मगरको साथवाट ३ ग्राम ८५० मिली ग्राम र बुढाको साथबाट ४१० मिली ग्राम ब्राउन सुगर बरामद भएको छ ।
गोप्य सूचनाका आधारमा सुनार र मगरलाई बुधबार र बुढालाई बिहीबार पक्राउ गरिएको थियो ।



S.K. Creative Media Group