दाङ । दाङको घोराहीबाट लागु औषध ब्राउन सुगर सहित दुई जना पक्राउ परेका छन । घोराही उपमहानगरपालिका-१५ भरतपुर स्थित सडकमा कारोबार गरिरहेका दुई जनालाई पक्राउ गरेको हो ।

 

घोराही उपमहानगरपालिका-१८ रझेना बस्ने ३४ वर्षीया अर्जुन बिश्वकर्मा र २५ वर्षीया प्रेम बिश्वकर्मालाई रा ८ प १२५९ नम्बरको स्कुटीमा बसेर लागु औषध (ब्राउन सुगर) को कारोबार गरिरहेको अबस्थामा जिल्ला प्रहरी कार्यालय दाङबाट प्रहरी नायव उपरीक्षक इश्वर थापाको टोलीले पक्राउ गरेको हो ।

गोप्य सूचनाको आधारमा टोलीले उनीहरूकोसाथबाट लागु औषध (ब्राउन सुगर) जस्तो देखिने पदार्थ शुद्ध तौल ४ ग्राम ६३० मिलिग्राम फेला परेको प्रहरी नायव उपरीक्षक इश्वर थापाले जानकारी दिनुभयो । उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको समेत उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय