मित्र थापा
अर्खा । गौमुखी गाउँपालिका वडा नम्वर १ अर्खा स्थित बेसिबन फ्रेन्ड्स क्लवको आयोजनामा विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम गरी आज सम्पन्न भएको छ । बडा दशैंको अवसरमा घटस्थापनादेखि शुरु भएको कार्यक्रमको आज एक कार्यक्रमकाबीच समापन गरिएको हो ।
पुरुष भलिबल प्रतियोगितामा प्रथम कल्चर सेभ बागलुङ, द्धित्तिय भुमेपुजा क्लव रजवारा प्यूठान र तृत्तिय गोर्खा व्यज बागलुङ भएका छन । विजयी समुहलाई क्रमश ः ६० हजार, ४० हजार र २० हजार रुपियाँ पुरस्कार प्राप्त गरेका छन् ।
महिला भलिबल तर्फ प्रथम सुनील स्मृति रोल्पा, द्धित्तिय धौलागिरी क्लव बागलुङ र तृत्तिय सिर्जनशील क्लव खबाङ प्यूठान भएका छन । विजयी समुहले ३० हजार, २० हजार र १० हजार रुपियाँ पुरस्कार प्राप्त गरेका छन् । उत्कृष्ट खेलाडीलाई जनही दुई हजार पाँच सय र उत्कृष्ट स्पाईकरलाई जर्सी प्रदान गरिएको छ ।

पुरुष भलिबल तर्फ २७ टीम र महिला भलिबल तर्फ ७ टीम सहभागी भएको खेलमा बागलुङ, गुल्मी र रोल्पाबाट सहभागी भएको आयोजकले बताएको छ ।
समापन कार्यक्रममा विजयी समुह तथा खेलाडीलाई पुरस्कार तथा मेडल र प्रमाणपत्र प्रदान गरिएको क्लवका सचिव प्रकाश थापाले बताउनुभयो । साथै समाजमा महत्वपूर्ण योगदान गर्ने व्यक्तिलाई सम्मान तथा कदरपत्र प्रदान गररिएको थियो ।
गौमुखी गाउँपालिका अध्यक्ष विष्णु कुमार गिरीको प्रमुख आतिथ्यता तथा क्लवका अध्यक्ष फान बहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको समापन कार्यक्रम कुशल सिंह थापाले सञ्चालन गर्नुभएको थियो ।



S.K. Creative Media Group