दाङ । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्णबहादुर घर्तिले प्रमाणिकरणका लागि प्राप्त भएका दुई वटा विधेक राय सुझाव सहित प्रदेश सभामा फिर्ता पठाउनुभएको छ । पुनर्विचारका लागि भन्दै प्रदेश सभामा विधेयक फिर्ता पठाउनुभएको हो ।

प्रदेश निजामती सेवा ऐन २०८० लाई संसाेधन गर्न बनेकाे विधेयक र स्थानीय निजामती सेवाकाे गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेकाे विधेक पुनर्विचारकाे लागि भन्दै फिर्ता पठाएको प्रदेश प्रमुख कार्यालयका सचिव वेद प्रसाद खरेलले विज्ञप्ति मार्फत जानकारी गराउनुभएको छ ।



S.K. Creative Media Group