भालुवाङ । दाङकाे भालुवाङमा नाबालिका बलात्कार गरेको आरोपमा सशस्त्र प्रहरीका दुई सहायक हवल्दार पक्राउ परेका छन । दाङ-देउखुरीकाे राप्ती गाउँपालिका-१, भालुवाङ पुल्चोकमा रहेकाे सशस्त्र प्रहरी वल ज्वालामाई गण २९ नम्बर हेटक्वाटरको कार्यालय बाहिर दशैँ पिङ खेल्न गएकाे बेला सशस्त्र प्रहरीका दुई हवल्दारले दुई बालिकालाई बलत्कार गरेकाे आरोपमा सहायक हवल्दार भरत रोकामगर र रेवन पचभैया मगर पक्राउ परेका हुन ।

गत असोज २४ गते भालुवाङ पुल्चाेक बजारमा डेरा गरी बस्ने ८ बर्षिय र १४ बर्षीय बालिका पिङ खेल्न गएकाे अवस्थामा बलात्कार गरेको पिडित पक्षकाे जाहेरीका आधारमा अनुसन्धानका लागि सशस्त्र प्रहरीका आराेपित दुई सहायक हवल्दारलाई नेपाल प्रहरीकाे जिम्मा लगाईएकाे सशस्त्रका सह-प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो । घटनाबारे थप अनुसन्धान सुरु भएको पनि जानकारी दिनुभयो ।

सशस्त्र प्रहरीका कर्मचारीहरुले बलात्कार गरेको थाहा पाएर स्थानीयले बुधबार गणलाई समेत घेराउ गरेका थिए । प्रकाउ परेका सशस्त्र प्रहरीका दुई हवल्दारलाई दाङ-देउखुरी जिल्ला अदालतले अनुसन्धानका लागि सात दिनकाे म्याद थप गरेकाे जिल्ला प्रहरी कार्यालय दाङले जनाएकाे छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय