प्यूठान । झिमरुक गाउँपालिका-६ को मर्कावाङ स्थित गोयलिचौर खेल मैदानमा वडा स्तरीय खुल्ला भलिबल प्रतियोगिता सुरु भएको छ । झिमरुक गाउँपालिका-६ नम्बर वडा कार्यालयको आयोजनामा आइतबारदेखि सुरु भएको भलिबल प्रतियोगिता दुई दिनसम्म चल्नेछ ।
वडा स्तरीय भलिबल खेलको वडा अध्यक्ष धन बहादुर पुनले एक कार्यक्रमका बिच उद्घाटन गर्नुभएको हो । झिमरुक-६, मर्कावाङ स्थित गोयलिचौर खेलमैदानमा संचालन गरिएको भलिबल प्रतियोगिताको मुख्य उद्देश्य स्थानीय खेलाडीहरूलाई प्रोत्साहन गर्नु र खेलकुदको माध्यमबाट एकता र सद्भावको भावना बढाउनु रहेको वडा अध्यक्ष धन बहादुर पुनले जानकारी दिनुभयो ।
भलिवल खेलकुद प्रतियोगितामा वडाबाट १५ टिम सहभागी रहेका छन् । पहिले चरणका खेल सकिएको छ भने भोलि फाइनल खेल हुने आयोजकले जनाएको छ। खेल नकाउट सिस्टमबाट खेलाइएको छ ।भलिबल खेलले वडास्तरमा खेलकुदको विकासमा नयाँ आयाम थप्ने र यसले युवा पुस्तालाई खेलकुदतर्फ आकर्षित गर्ने तथा समाजमा सकारात्मक ऊर्जा फैलाउने अपेक्षा गरिएको वडा सदस्य हेमराज भट्टराईले बताउनुभयो । खेल मार्फत गाउँ समाज राष्ट्रलाई चिनाउन महत्त्वपूर्ण भुमिका रहेकोले खेल क्षेत्रमा लगानी बढाउनुपर्ने बताउनुभयो ।
प्रतियोगितामा प्रथम, द्धितिय र तृतीय हुनेहरुले क्रमश: नगद २१ हजार ५ सय, १६ हजार ५ सय र ११ हजार ५ सय नगद सहित मेडल र प्रमाणपत्र प्रदान गरिने वडा अध्यक्ष धन बहादुर पुनले जानकारी दिनुभयो ।
त्यस्तै सान्त्वना हुनेलाई ६ हजार ५ सय नगद पुरस्कार मेडल र प्रमाणपत्र उपलब्ध गराइने छ । उत्कृष्ट खेलाडी र अनुसाशित खेलाडीलाई नगद १ हजार ५ सय रुपैया, मेडल र प्रमाणपत्र प्रदान गरिने पुनले जानकारी दिनुभयो ।
वडा अध्यक्ष धन बहादुर पुनको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत मन्तव्य वडा सदस्य हेमराज भट्टराईले राख्नुभएको थियो । कार्यक्रम वडा सदस्य राधिका बिक, वडा सचिब राम कुमार चौधरी, पशु प्राबिधिक जयन्ता गिरी स्थानीय खेलाडी खेल प्रेमी आम नागरिक सुरक्षाकर्मी जनप्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।




S.K. Creative Media Group