देउखुरी । दाङ जिल्लाको गढवको भित्री सडकमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । लमही नगरपालिका ५ स्थित लमही गढवा भित्री सडक खण्डमा लमहीबाट गढवा जाँदै गरेको रा ७ प ४०७४ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो ।
मृत्यु हुनेमा राप्ती गाउँपालिका ५ कमलरोड निवासी २२ वर्षीय प्रेम राना मगर रहेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक प्रकाश भुसालले जानकारी दिनुभयो । लमही अस्पतालमा उपचारको लागि लगिएको र चिकित्सकले मृत घोषणा गरेका थिए । मोटरसाइकल अनियन्त्रित हुँदा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।



S.K. Creative Media Group