काठमाडौँ । आईसीसी १९ वर्षमुनीको महिला टी–२० विश्वकप एशिया छनोटमा नेपालले नेपालले आज कुबेतसँग प्रतिस्पर्धा गर्दैछ । युएईको दुबइस्थित द सेभेन्स स्टेडियममा हुने खेल नेपाली समय अनुसार बिहान सवा ११ बजे सुरु हुनेछ ।

यस अघि आइतबार भएको खेलमा नेपालले थाइल्याण्डलाई १ सय ६ रनले पराजित गरेको थियो । पहिलो खेलमा ६७ रनले हराएको थियो । अर्को खेलमा कुवेतलाई १ सय ८ रनले हराएको थियो ।

यसअघि नेपाल युएईसँग १३ रनले पराजित भएको थियो । प्रतियोगितामा नेपालसहित घरेलु टोली युएई, थाइल्याण्ड र कुवेत सहभागी छन् । सहभागी चार टोलीमध्ये शीर्ष स्थानमा आउने टोली आईसीसी १९ वर्षमुनीको महिला टी–२० विश्वकपका लागि छनोट हुनेछ ।

प्रतियोगितामा नेपालले ४ खेलमा ३ जित र एक हार बेहोरेको छ । अंक तालिकामा नेपाल ४ खेलमा ६ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

कुबेतले अहिलेसम्म अंकको खाता खोल्न सकेको छैन । यस अघि पहिलो चरणको लिगमा नेपालले कुबेतमाथि एक सय ८ रनको फराकिलो जित हात पारेको थियो । पहिले ब्याटिङ गरेको नेपालले आठ विकेट गुमाएर १ सय ३० रनको योगफल बनाएको थियो ।

जवाफमा कुबेत १३ ओभरमा २२ रनमा अल आउट भएको थियो । आजै हुने अर्को खेलमा युएईले थाइल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ । नेपालले अन्तिम खेल पर्सी बिहीबार युएईसँग खेल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय