दाङ । राष्ट्रिय अपाङ्ग महासंघ लुम्बिनी प्रदेशले लुम्बिनी प्रदेशबाट अपाङ्गता अधिकार ऐन निर्माण गरी जारी गर्न मुख्यमन्त्रीलाई ध्यानाकर्षण गराएको छ।
राष्ट्रिय अपाङ्ग महासंघका अध्यक्ष हुमनाथ अधिकारीको नेतृत्वमा गएको सचिवालयको टोलिले कतिपय प्रदेशले ऐन, निति जारी गरिसकेको अवस्थामा लुम्बिनी प्रदेशले तत्काल निर्माण गरी जारी गर्न मुख्यमन्त्रीलाई आग्रह गरिएको सचिवालय सदस्य जुमान सिंह केसीले बताउनुभयो ।
महासंघको ध्यानाकर्षण पत्र बुझ्दै मुख्यमन्त्री चेतनारायण आचार्यले अपाङ्गता भएका नागरिकको अधिकार र सवाललाई प्रदेश सरकार गम्भीर रहेको भन्दै अपाङ्गता अधिकार र आवस्यक नीति निर्माण गरि आगमी प्रदेश अधिबेशनमा पेश गरि पास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। लुम्बिनी प्रदेशमा अपाङ्गता भएका ब्यक्तिको अधिकार सुनिश्चितताको लागी महासंघको पैरवी वकालत गर्दै आएको छ।




S.K. Creative Media Group