महेश थापा
बाहाने । नौबहिनी गाउँपालिकामा दोस्रो अध्यक्ष-२०८१ सन्चालन भएको छ । नौबहिनी खेलकुद विकास समितिको आयोजनामा सन्चालन भएको दोस्रो अध्यक्ष कप-२०८१ मा १६ वटा समूहले सहभागिता जनाएका छन ।
प्रतियोगितामा नौबहिनी गाउँपालिका अन्तर वडा स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिताको सञ्चालन भएको छ ।बिहिवार नौबहिनी गाउँपालिकाको खेल मैदानमा कार्यक्रमको समुद्घाटन नौबहिनी गाउँपालिका अध्यक्ष दिल बहादुर थापाले गर्नुभएको हो ।
सहभागी विजेता समुहलाई पुरुषतर्फ क्रमश :६१ हजार १११, ४१ हजार १११, २१ हजार १११ र ११ हजार १ सय ११ रुपियाँ सहित ट्रफी, मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको छ ।
त्यसैगरी महिला तर्फ क्रमशः ३१ हजार १११, २१ हजार १११, ११ हजार १११ र ७ हजार १ सय ११ नगद पुरस्कार सहित ट्रफी, मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको छ । प्रत्येक सहभागी समुहलाई नगद ५ हजार प्रोत्साहन पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
समितिका अध्यक्ष जनक बुढा मगरले अध्यक्षता गरेको कार्यक्रमको सञ्चालन समितिका सदस्य कृष्ण के.सी.ले गर्नुभएको थियो ।



S.K. Creative Media Group