प्यूठान । जिल्लाको सरूमारानी गाउँपालिकामा अध्यक्ष कप खेलकुद प्रतियोगिता हुनेभएको छ। मंगलबार सरूमारानी गाउँपालिकामा बसेको युवा तथा खेलकुद विकास समितिको बैठकले आगामी माघ १६,१७ र १८ गतेसम्म अध्यक्ष कप खेलकुद प्रतियोगिता गर्न लागिएको हो ।

आगामी माघ १६ गतेदेखि सुरु गरिने अध्यक्ष कप खेलकुद प्रतियोगितामा ४ वटा खेल समावेश गरिने निर्णय भएको गाउँपालिकाका प्रबक्ता चिन्त साेमै मगरले जानकारी दिनुभयो । उहाँका अनुसार चार बिधाका खेलकुद गरिने छ । जसमध्ये महिला पुरूष भलिवल खेल, महिला, पुरूष फुटबल, पुरूष तर्फ क्रिकेट र  पुरूष तर्फ व्याडमिन्टन खेल समावेश हुने बताउनुभयो । खेलकुद प्रतियोगिता रानिबगर गुरूङ ल्हाेसार मैदानमा हुने गाउँपालिकाले जनाएको छ ।

खेलकुद प्रतियोगितालाई थप ब्यवस्थित कसरी बनाउन सकिन्छ भन्ने बिषयमा तयारी बैठक बसि छलफल भएको थियो । खेलकुदलाई व्यवस्थित बनाउन सबैले आफ्नो ठाउँबाट सहयोग जरुरी रहेको गाउँपालिका अध्यक्ष झग बहादुर विश्वकर्माले बताउनुभयो ।
सरूमारानी गाउँपालिका युवा तथा खेलकुद विकास समिति संयाेजक भरत एमसीकाे अध्यक्षतामा भएको उक्त बैठकमा गाउँपालिका अध्यक्ष झग बहादुर विश्वकर्माकाे प्रमुख आतिथ्यता तथा उपाध्यक्ष बसन्ता खड्काकाे विशेष आतिथ्यता रहेको थियो ।

युवा तथा खेलकुद विकास समितिको बैठकमा वडा अध्यक्ष, युवा तथा खेलकुद विकास समितिका सदस्य लगायतको उपस्थिति रहेको थियो । बैठकको संचालन युवा खेलकुद तथा शिक्षा शाखा प्रमुख पुस्पलाल शाहीले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय