प्युठान । जिल्लामा झिमरुक गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ सिल्डको उपाधी बाल शिक्षा माध्यमिक बिद्यालय ओखरकोटले जितेको छ । बाल शिक्षा माध्यमिक विद्यालयले लगातार तेस्रो पटकसम्म पालिका स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा जित हासिल गर्दै आएपछि शिल्ड हात पारेको हो ।

झिमरुक गाउँपालिका-५, मच्छी स्थित झिमरुक नदि किनारमा रहेको मैनाके खेलमैदानमा बुधबारदेखि सुरु भएको खेलकुद प्रतियोगितामा बाल शिक्षा माविले १२ स्वर्ण, ५ रजत र ३ काष्य गरि जम्मा २० पदक हासिल गर्दै राष्ट्रपति रनिङ सिल्डको उपाधी जितेको हो । त्यस्तै खेलकुद प्रतियोगितामा ५ स्वर्ण, ६ रजत र ७ काष्य गरि १८ पदक जितेर सत्य माध्यमिक बिद्यालय तुषाराले द्धितिय भएको छ भने, ४ स्वर्ण, ३ रजत र २ काष्य गरि ९ पदक प्राप्त गदै जनता माध्यमिक बिद्यालय टिमुरचौरले तृतिय स्थान हासिल गर्न सफल भएको छ ।

पालिका स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा विजयी खेलाडी, बिद्यालय र विद्यार्थीलाई गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्री, गाउँपालिका उपाध्यक्ष प्रमोद पोख्रेल, प्रमुख प्रशासकिय अधिकृत कृष्ण बहादुर थापाले सिल्ड, कप, मेडल र प्रमाणपत्र वितरण गर्नु भएको थियो । कार्यक्रम खेलकुद अवधिभर सहयोग गर्ने अम्पायर, रेफ्री, स्वयंसेवक, सुरक्षाकर्मी, सहयोगी लगायतलाई समेत स-धन्यबाद प्रशंसापत्र प्रदान गरिएको थियो।

झिमरुक गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रेले खेलकुद प्रतियोगिता पालिकाको निम्ति महत्त्वपूर्ण पर्व भएको बताउनुभयो । खेलकुदमा प्रतिस्पर्धाको माध्यमबाट विद्यार्थीले आफुलाई अब्बल बनाउदै अगाडि बढ्ने मार्ग प्रर्सस्त गरेको छ। बिद्यालयमा विद्यार्थीलाई खेल क्षेत्रमा चासो बढाउन शिक्षासँगै खेलकुदसँग जोडेर सँगसँगै अघि बढाउनुपर्ने बताउनुभयो। खेलकुदको बिकासको लागि विद्यालय तहबाटै खेल क्षेत्रका बारेमा युवायुवती  विद्यार्थीहरुलाई जानकार गराउन जोड दिनुपर्ने उहाँको सुझाव छ।त्यसको लागि पालिकाले भौतिक पूर्वाधार विकास सँगै मानविय विकासमा पनि प्राथमिकता दिएको उल्लेख गर्नुभयो ।

त्यस्तै गाउँपालिकाका उपाध्यक्ष प्रमोद पोख्रेलले खेलकुद्को क्षेत्रमा युवायुवतीहरुको आकर्षण बढ्दै जानु निकै सकारात्मक भएको बताउनुभयो । विद्यार्थीको खेल प्रतिको उत्साह र लगावलाई सम्मान गर्दै पालिकाले खेलकुदको क्षेत्रलाई थप व्यवस्थित गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । खेलकुदको बिकासको लागि सबै सरकारले सहकार्य गर्दै जानुको विकल्प नरहेको बताउनुभयो । स्थानीय तहबाटै राम्रो खेलाडी उत्पादन गर्नको लागि त्यहाँका भौतिक पुर्वाधार, प्रशिक्षण, तालिम र खेलकुदका सामाग्री आवश्यक रहेकोले त्यो क्षेत्रको बिकासमा स्थानीय सरकारले मात्र सम्भव नहुने भन्दै सबै तहका सरकारहरुले चासो दिनुपर्ने र लगानीको दायरा बढाउनुपर्ने बताउनुभयो ।

यहीँ माघ १६ गते बुधबारदेखि सुरु भएको प्रतियोगितामा तीन दिनसम्म चलेको थियो । प्रतियोगितामा झिमरुक गाउँपालिका भित्रका १२ वटा सामुदायिक माध्यामिक विद्यालयको सहभागीता रहेको शिक्षा शाखा प्रमुख मोहन बिसीले जानकारी दिनुभयो । प्रतियोगितामा छात्र र छात्रातर्फ भलिबल, कबड्डी, एथ्लेटिक्स, हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्यावलिङ थ्रो, सटफुट, दौड लगायत गरी १५/१५ विधाका खेलहरु समावेश गरीएको उहाँले बबताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय