प्यूठान । आईतबार राष्ट्रिय जनमोर्चाको आयोजनामा “नेपालको सन्दर्भमा संघीयताको औचित्य” विषयक जिल्ला स्तरीय अर्न्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा जिल्लाका विभिन्न राजनीतिक दल, विभिन्न सरोकारवाला निकायका व्यक्तिले उक्त विषयमा विचार व्यक्त गरेका छन् ।

कार्यक्रममा बोल्ने बत्ताहरुले जनमोर्चाले डेढ दशक देखी निरन्तर उठाईरहेको संघीयता खारेजी वा संघीयता कार्यान्वयनमा देखिएको समस्या समाधान गर्ने भन्ने विषयमा फरक विचार व्यक्त गरेका छन् । कतिपयले संघीयता नेपालको सर्न्दभमा आवश्यक नै नरहेको भन्दै हटाउनुपर्ने धारणा राखे भने कतिपयले संघीयता आफै खराव नभएकाले यसको कार्यान्वयनमा भएका कमी कमजोरीलाई सच्याउनुपर्ने बताए ।

नेपालमा संघीयता कार्यान्वयन भएको ७ वर्ष बितेको बन्दै अझै संघीयता खारेज गर्ने वा संघीयता गलत भन्ने समय भईनसकेको बताए । यसका राम्रा र नराम्रा पक्षमा छलफल र बहस आवश्यक रहेको औल्याएका थिए ।

कार्यक्रममा राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेश अध्यक्ष बोम बहादुर खत्रीले यहि चैत २४ गतेदेखी संघीयता खारेजीको लागि राजधानी केन्द्रित आन्दोलन गर्न लागिएको बताउनुभयो । उहाँले अहिले मुलुकमा संघीयताका कारण आर्थिक भार बढेको र ऋण लिएर प्रशासनिक खर्च जुटाउनु परेको बताउनुभयो । जनताको मन मनमा संघीयता खारेज गर्नुपर्ने विचार उठेकोले त्यसलाई सवैले साथ दिनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय