प्यूठान । जिल्लामा पछिल्लो समय नक्कली महको बिगबिगी बढेको छ । जिल्लामा पछिल्लो दुई पटक ठुलो परिमाणमा नक्कली मह भेटिएको छ ।

प्रहरीले बरामद गरेको १७२ किलो ७ ग्राम नक्कली मह सोमबार नष्ट गरिएको छ । माघ १४ गते बुटवलबाट रोल्पा जाँदै गरेको ना ४ ख ७३४६ नम्बरको बसबाट प्रहरीले अखाद्य मह जस्तो देखिने पदार्थ नियन्त्रणमा लिई परीक्षणका लागि नेपालगन्ज पठाएको थियो ।

परीक्षणपछि सरकारले तोकेको मापदण्ड नपुगेको पुष्टि भएपछि प्रहरी र सम्बन्धित निकायको रोहवरमा खाल्डो खनेर नष्ट गरेको घरेलु तथा साना उद्योग कार्यालय प्यूठानले निमित्त उद्योग अधिकृत मनि बहादुर गुरुङले जानकारी दिनुभयो ।

बरामद नक्कली महको बजार मूल्य १ लाख ३ हजार ६२० रुपैयाँ रहेको प्रहरीले जनाएको छ ।

गत मंसिरमा ३९१ किलोग्राम मह बरामद गरि नष्ट गरिएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय