दाङ । नेकपा (एमाले) नेतृ शान्ता चौधरीले व्यावसायिक अचार उत्पादन गर्न थाल्नुभएको छ । चौधरीले शान्ता अचार उद्योग दर्ता गरि राजनीतिसंगै ब्यबसायमा जोडिनुभएको हो ।

२२ प्रकारका अचार बनाउँदै आउनुभएको छ । दैनिक खसी र कुखुराको मासुको अचार बढी माग हुने गरेको चौधरीले बताउनुभयो । उहाँले दैनिक १० केजी खसी र कुखुराको मासु बिक्री गर्दै आउनुभएको छ ।

उहाँका अनुसार खसीको अचार चार हजार सात सय प्रति केजी र कुखुराको मासुको अचार तीन हजार प्रति केजी बिक्री भइरहेको छ । चौधरीले डल्ले खुर्सानी, लप्सी, अमला, खुर्सानी, लसुन, तामा, मुलाको अचार बढी माग हुने गरेको बताउनुभयो । घोराही उप-महानगरपालिका- ४ डाँडागाउँमा सञ्चालनमा आएको अचार उद्योगको कूल पुँजी २० लाख रहेको छ ।

उहाँले घरेलु तथा साना उद्योग कार्यालयबाट अचार उत्पादन तथा बिक्री वितरणका लागि शान्ता अचार उद्योग गर्दा गर्नुभएको छ भने खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जबाट खाद्य अनुज्ञा पत्र समेत प्राप्त गरिसक्नुभएको चौधरीले बताउनुभयो ।

राजनीति नै व्यावसायिक बन्दै गएको जनगुनासो बढ्दै गएको बेला संविधान सभा सदस्य शान्ता चौधरी भने अचार व्यवसायमा सक्रिय हुनुहुन्छ । चौधरीले भन्नुभयो, ‘‘राजनीति नै व्यवसाय हो भन्ने धारणा बदल्नैका लागि र कार्यकर्तालाई उत्पादनमा जोड्नका लागि नेतृत्वबाटै उत्पादनमा लाग्नुपर्छ भन्ने उत्प्रेरणाका लागि अचार उद्योग सञ्चालनमा ल्याएको हुँ ।’’

२०६४ सालमा नेकपा (एमाले)ले पूर्व कमलहरी समेत रहनुभएकी शान्ता चौधरीलाई संविधान सभा सदस्य बनाएको थियो भने २०७० सालमा दोस्रो संविधान सभा निर्वाचन र २०७९ सालको प्रतिनिधि सभा सदस्यको पराजय व्यहोर्नु भएको थियो। त्यस्तै २०७४ सालको प्रतिनिधि सभा सदस्यमा हुँदै नेकपा (एमाले) संसदीय दलको सचेतक हुनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय