कमल बि.क.
प्यूठान । जिल्ला सहकारी संघ लिमिटेड प्यूठानको आयोजनामा सहकारीमा सुशासनका लागि लेखा परिक्षकको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम विजय फूलवारी साकोसको सभाहल जुम्रीमा विहिवार सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्रशासन कार्यालय प्यूठानका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद अर्यालले सहकारीहरुले सहकारीको सिद्धान्त तथा मुल्य मान्यतालाई आत्मसाथ गरी सञ्चालन गर्नु पर्ने बताउनु भएको छ । नीति विधिमा रहेर सहकारी सञ्चान नहुँदा सहकारी जोखिममा परेको अर्यालको भनाई छ ।
अन्तरक्रिया कार्यक्रममा सहभागीले सहकारी सञ्चालकहरुलाई प्रयाप्त स्रोत सधान, सहकारी शिक्षा, तालिम, अनुगमन हुनुपर्नेमा जोड दिएका छन् ।
जिल्ला सहकारी संघ लिमिटेड प्यूठानका अध्यक्ष सुशिल पोखरेलको अध्यक्ष्यतामा सञ्चालन भएको कार्यक्रममा अतिथि कोष तथा लेखा नियन्त्रक कार्यालय प्यूठानका प्रमुख देवराज पोख्रेल, जिल्ला स्थित सहकारीका अगुवा तथा प्रतिनिधि, नेपाल पत्रकार महासंघ प्यूठानका अध्यक्ष सञ्जय रिजाल, पुर्व अध्यक्ष गिरु प्रसाद भण्डारी लगायत पत्रकारहरुको सहभागीता रहेको कार्यक्रमको सहजिकरण संघका छन्द बहादुर बस्नेतले गर्नुभएको थियो ।