प्यूठान । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड ऐरावती शाखाले वित्तीय साक्षरता कार्यक्रम गरेको छ । ऐरावती गाउँपालिका १ दाङबाङमा रहेको दाङबाङ्ग माध्यामिक विद्यालय र वडा नम्बर २ मा रहेको जनकल्याण माध्यामिक विद्यालयमा वित्तिय साक्षरता कार्यक्रम गरेको हो ।

कक्षा ९ र १० मा अध्यानरत विद्यार्थीलाई बैंकले वित्तिय साक्षरता प्रदान गरेको बैंकका शाखा प्रबन्धक श्रीधर पोख्रेलले बताउनुभयो । उहाँले बैंकले वित्तिय साक्षरता कार्यक्रमसंगै साक्षरता कार्यक्रम, सामाजिक सेवाका कार्यक्रम गर्दै आएको बताउनुभयो । शाखा प्रमुख पोख्रेलले विद्यार्थीलाई प्रशिक्षण दिदै वित्तिय सचेतना सम्बन्धि राम्रो ज्ञान प्राप्त गर्न सकेमा आर्थिक क्रियाकलाप र व्यवस्थापनमा सहज हुने बताउनुभयो ।

दाङबाङ्ग माविका प्रधानाध्यापक तुलसीराम आचार्य र जनकल्याण माविका प्रधानाध्यापक रेशम बहादुर जिसीले वित्तिय कार्यक्रमले विद्यार्थीहरुमा व्यवहारिक शिक्षा प्रदान गर्ने भन्दै बैंकलाई धन्यवाद दिनुभयो । शाखाले आगामी दिनमा अन्य स्थानमा वित्तीय साक्षरता सम्बन्धि कार्यक्रम गर्ने शाखा प्रमुख पोख्रेलले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय