प्यूठान । ॐ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड मल्लरानी गाउँपालिका-४ खलंगा र निमतारा पोलिक्लिनिक बिजुवारबीच सहकारीका सदस्यलाई उपचारमा छुट दिने सहमती भएको छ । आज सहकारी र पोलिक्लिनिक बीच सहकारीका शेयर सदस्यलाई २० प्रतिशत छुट दिने सहमति भएको हो ।

सहकारीका अध्यक्ष लोकेन्द्र सुनार र पोलिक्लिनिकका संचालक डा.सुवास जिसीले सहमति पत्रमा हस्ताक्षर गर्नुभएको छ । २०५७ सालमा स्थापना भएको सहकारीमा ७ सय ५० जना शेयर सदस्य रहेको अध्यक्ष सुनारले जानकारी दिनुभयो ।

 

यो कार्यबाट आफ्ना सदस्यको स्वास्थ्य उपचारमा सहयोग पुग्ने बिश्वास व्यक्त गर्नुभयो । उहाँले सहकारीले आगामी दिनमा थप रचनात्मक काम गर्दै जाने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर