काठमाडौं । सुनको मूल्य उकालो लागेको छ । आइतबार नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको हो ।

 

नेपाल सुनचाँदी व्यवसायी महासघले साताको पहिलो दिन आइतबार आज १८ सय रुपियाँले बढेर तोलामा एक लाख २० हजार आठ सय रुपियाँ कायम भएको जनाएको छ ।

 

महासङ्घले गत साताको अन्तिम दिन शुक्रबार प्रतितोला एक लाख १९ हजार रुपियाँमा कारोबार भएको सुनको मूल्यमा एकैदिन १८ सय रुपियाँले वृद्धि भएको जनाएको छ ।

 

त्यस्तै आज तेजाबी सुन प्रतितोला एक लाख २० हजार दुई सय रुपियाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । शुक्रबार तोलाको एक लाख १८ हजार ४ सय ५० रुपियाँ मूल्यमा कारोबार भएको थियो । आज तेजाबी सुनको मूल्यमा एक हजार ७ सय ५० रुपियाँले बढेको जनाएको छ ।

नेपाली बजारमा चाँदीको मूल्यमा भने आज पाँच रुपियाँ बढेर एक हजार ५ सय ४५ रुपियाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार प्रतितोला एक हजार ५ सय ४० रुपियाँ मूल्य तोकिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय