प्यूठान । प्यूठान उद्योग वाणिज्य सङ्घले राहत सामाग्री व्यवस्थापनका लागि विपद् खाद्य बैंक स्थापना गर्ने निर्णय गरेको छ ।
शनिबार बसेको तेस्रो कार्यसमिति बैठकले मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी प्रदेशमा मनसुनका कारण उच्च जोखिम हुन सक्ने भएकाले प्यूठान जिल्लामा उच्च जोखिमलाई मध्यनजर गरी राहत सामाग्री व्यवस्थापनका लागि विपद् खाद्य बैंक स्थापना गर्ने निर्णय गरेको प्युठान उद्योग वाणिज्य संघका अध्यक्ष सन्देश आचार्यले जानकारी दिनुभएको छ ।



S.K. Creative Media Group