सागर रिजाल
प्यूठान । ऐरावती गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२।०८३ को बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाको १८ औं गाउँसभाको दोस्रो अधिवेशनमा उपाध्यक्ष कृष्ण प्रसाद श्रेष्ठले ४९ करोड ८९ लाख २५ हजार रुपियाँ बराबरको बजेट प्रस्तुत गर्नुभएको हो ।

चालुतर्फ ३४ करोड ९४ लाख २५ हजार र पुँजिगत तर्फ १४ करोड ९५ लाख रुपियाँ रहेको छ । साथै अधिवेशनले आर्थिक ऐन समेत पास गरेको छ ।

पालिकाले चुकाहा– छेडाघाट(ऐरावती सडक स्तरोन्नतीका लागि संघीय समपुरकबाट २ करोड रुपियाँ विनियोज गरेको छ । बैरेनी–उदिक–खम्ची–खैरा सडक स्तरोन्नती तथा ट्रयाक निर्माणका लागि १ करोड ७५ लाख बजेट विनियोजन गरेको छ ।

गाउँपालिकाले स्थानीय मदिराको प्रर्वद्धनका लागि दश लाख रुपियाँ विनियोजन गरेको छ । योगदानमा आधारित सामाजिक सुरक्षा योजनाका लागि दश लाख रुपियाँ विनियोजन गरेको छ । एमविविएस छात्रवृत्तिको लागि २० लाख रुपियाँ विनियोजन गरेको छ ।

कृषि, पर्यटन, रोजगारीको बढाउँदै गति, शान्त, सुन्दर, सम्मुन्नत बनाऔं ऐरावती भन्ने नाराका साथ गाउँपालिकाको नागरिकको आयआर्जन वृद्धि गर्ने गरि योजना तथा कार्यक्रम तय गरिएको गाउँपालिकाले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय