बुटवल । लुम्बिनी प्रदेश सरकारले दुई मन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गरेको छ। आइतबार मन्त्रिपरिषद् विस्तार गर्दै लुम्बिनी प्रदेशमा नेपाली कांग्रेसबाट प्युठानका सांसद सरोज थापा र माओवादीबाट बाँकेकी सांसद कृष्णा केसीलाई मन्त्री बनाइएको हो।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सरकार गठन भएको ८ महिनापछि दुई मन्त्री थप गरेर मन्त्रिपरिषद् बिस्तार गर्नुभएको छ । गत वैशाख १४ गते डिल्लीबहादुर चौधरी लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । लामो समय गठबन्धनका दलबीच मन्त्रालय भागबण्डा नमिल्दा सरकारले पूर्णता पाएको थिएन । दुइ मन्त्री थपिए पनि लुम्बिनी प्रदेश सरकारले अझै पुर्णता पाएको छैन । बाँकी एक मन्त्रालय मुख्यमन्त्री आफैले राख्ने बताउनुभएको छ ।

सांसद सरोज थापालाई पर्यटन तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी दिइने भएको छ, भने सांसद कृष्णा केसी खानेपानी, ग्रामीण तथा सहरी विकास मन्त्रालयको टुंगो लागेको छ । सरोज थापा प्युठान प्रदेशसभा २ मा विजयी हुनुभएको थियो, भने कृष्णा केसी बाँकेको क्षेत्र नम्बर १ बाट विजयी सांसद हुनुहुन्छ ।

भोलि बिहान ९ बजे नवनियुक्त मन्त्रीहरूको शपथ प्रदेश प्रमुखको कार्यालय बुटवलमा हुने सरकारका प्रवक्ता सन्तोष पाण्डेले जानकारी दिनुभयो। उहाँले भन्नुभयो, `मुख्यमन्त्रीले नव नियुक्त मन्त्रीहरुकाे नाम प्रदेश प्रमुखकाे कार्यालयमा पठाउनु भएको छ ।´ नवनियुक्त मन्त्रीहरुलाई भोलि सपथ गराउने उहाँले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय