दाङ । दाङको देउखुरीमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । आज भाइटिकाको दिन दिदीको हातबाट तिहारको टीका लगाएर फर्किँदै गर्दा राप्ती गाउँपाकिका-५ सिंगे निवासी करिब ६५ वर्षीय रामप्रसाद भट्टराईको मृत्यु भएको हो।
पूर्वपश्चिम राजमार्गअन्तर्गत लमही नगरपालिका-५ लमही बजार प्रतिष्ठा पेट्रोल पम्पनजिकै आज दिउँसो १ बजेको समयमा बसले ठक्कर दिएर भट्टराई गम्भीर घाइते हुनुभएको थियो।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु १ ख ९८७६ नम्बरको बसले ठक्कर दिएर गम्भीर घाइते भएका भट्टराईको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीका प्रमुख रोषणराज पाण्डेले जानकारी दिनुभयो । ठक्कर दिने बस र चालक प्रहरी नियन्त्रणमा रहेको जनाइएको छ ।



S.K. Creative Media Group