दाङ । रेड प्लस अर्न्तगत उत्सर्जन न्यूनीकरण कार्यक्रम तथा लाभांस सम्वन्धी क्ष्मता अभिवृद्धि तथा अर्न्तक्रिया कार्यक्रम भालुवाङमा सम्पन्न भएको छ । डिजिएम नेपाल परियोजना अर्न्तगत रेड प्लस कार्यान्वयन भएका जिल्लाहरु मध्येका दाङ, रूपन्देही र कपिलवस्तुका सरोकारवाला निकायलाई अभिमुखिकरण गरिएको हो ।
सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष, आदिवासी जनजाति प्रतिनिधि तथा सामुदायिक वन नेतृत्वकर्ताहरुको सहभागितामा उत्सर्जन न्यूनीकरण कार्यक्रम सामुदायिक आधारित वन व्यवस्थापन सम्बन्धी क्षमता अभिवृद्धि तथा अर्न्तक्रिया कार्यशाला सम्पन्न भएको छ ।
सहभागीहरूले वन विनाश तथा वन ह्रास न्यूनीकरण कार्यक्रम जस्ता विषय अझै स्थानीय तहमा पर्याप्त रूपमा नबुझिएको, विशेषगरी प्राविधिक प्रक्रिया, योजना तयार गर्ने प्रक्रिया, स्थायी लेखा नम्बर दर्ता तथा लेखा पुस्तक लेखन जस्ता कार्यहरूले दुर्गम सामुदायिक वन उपभोक्ता समूहलाई बढी असर पारिरहेको बताएका थिए ।
कार्वन कटौती मार्फत नेपालले प्राप्त गरेको १ अर्व ३२ करोड रुपियाँको लभांश वितरण प्रक्रिया, लगानी योजनाका विषयमा समुहगत छलफल समेत भएको थियो । सहभागीले लाभ वितरण प्रणाली सरल, सहज र सबै समूहका लागि बुझ्न सजिलो हुनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रमको सहजीकरण रुपेश कालाखेती र साधना लिम्बुले गर्नुभएको थियो । डीजीएम नेपाल परियोजना अन्तर्गत सञ्चालन हुँदै आएको राष्ट्रिय कार्यशाला श्रृंखलाको निरन्तरताका रूपमा आयोजित कार्यक्रमले स्थानीय समुदायका अनुभव, चुनौती, अपेक्षा र वास्तविक आवाजलाई नीतिगत तहसम्म पुर्याउने उद्देश्य रहेको आयोजकले जनाएको छ ।



S.K. Creative Media Group