अनिल खत्री
गुल्मी। हाम्रो समाजमा विवाह गर्दा धेरै खर्च गरेर गर्ने प्रचलन छ । तर गुल्मीका एक युवाले भने विवाहको खर्च रकम कटाएर आफनै गाउँमा निःशुल्क स्वास्थ्य शिबिर राखेका छन् ।

गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर ३ भाँडगाउँ निवासी संचारकर्मी मोहन बस्नेतले बिहेको भोज खर्च रकम कटाएर गाउँमै बिशेषज्ञ डक्टर सहित एक दिने निःशुल्क स्वास्थ्य शिविरको आयोजना गर्गुभएको हो । गाउँमै निःशुल्क स्वास्थ्य शिबिर उपचार गर्न पाउदा स्थानीय खुसी थिए ।

बिहेको भोजमा हुने फजुल खर्च बचाएर समाजमा यस्ता खालका कामले अरुलाई पनि पाठ सिकाउने स्थानीय समाजसेवी शेरजंग बस्नेतले बताउनुभयो । विवाहमा हुने फजुल खर्च बचाएर मानव सेवा निम्ति ठूलो काम गरेको उहाँले बताउनुभयो ।
गाउँमा पछिल्ला पिडिका युवाहरुमा यस्तो नवीन सोचले समाजमा केहि गर्नु पर्छ भन्ने प्रेरणा अन्यलाई मिल्ने बस्नेतको भनाइ छ ।  सुगर,प्रेसर, थाइराइड, दम, ग्याष्टी लगायतका समस्यामा रहेकी पम्फी बिश्वकर्माले गाउँमा राखिएको स्वास्थ्य शिबिरले ठूलो लाभ मिलेको बताउनुभयो ।उहाँले गाउँमा ठूला डक्टरहरुसँग चेकजाँच गराउन पाउदा खुसी लागेको बताउनुभयो । गाउँमा राखिएका यस्ता स्वास्थ्य शिबिरले खर्च समय बचत गरेको बिश्वकर्माले बताउनुभयो ।
विवाहको खर्च रकम कटाएर गाउँका बुढबुढी असाय असक्तहरुको लागि स्वास्थ्य बिशिर राखेर ठूलो पुण्य काम गरेको उहाँको भनाइ छ । निःशुल्क स्वास्थ्य शिविरमा भाँडागाँउका वडाकासँगै सदरमुकाम तम्घास र अन्य ठाउँबाट समेतका मानिसहरुको सहभागिता रहेको थियो ।
बिहेको भोजमा फजुल खर्च गर्नुभन्दा मानव सेवामा खर्च गर्नु उचित हुने भएकाले निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको बिशिर आयामेजना गरेका सञ्चारकर्मी मोहन बस्नेतले बताउनुभयो । गत मंसिर १३ गते विवाह गरेका बस्नेतले विवाहलाई भड्किलो नबनाइ मानविय सेवा गरौं भन्ने उद्देश्य राखेका बताउनुभयो । सामाजिक कार्यको थालनी आफनै गाउँबाट सुरु गरेका बस्नेतले यो अभियानलाई आफुले सकेको अन्य ठाउँहरुको पनि गर्दै जाने उहाँले बताउनुभयो ।

बस्नेतले युट्युवको माध्यमद्धारा विरामी र विभिन्न मानिसहरुको उद्धार गरेर सामाजिक कार्य पनि गर्दै आएका छन् । शिविरमा निःशुल्क रुपमा औषधी वितरण, इसिजी, रगत परिक्षण र भिडियो एक्सरे सेवा प्रदान गरिएको थियो।

शिविरमा लुिम्बनी प्रादेशिक अस्पताल बुटवलका स्त्रीरोग बिशेषज्ञ डाक्टर नविन तिरुवा, कन्सल्टेन फिजिसियन डाक्टर शम्भु खनाल, हाडजोर्नी तथा नशा रोग बिशेषज्ञ डाक्टर रमेश अर्याल र टाउको तथा मनोरोग बिशेषज्ञ डाक्टर आशिम रेग्मी सहितका डक्टरहरुले सेवा प्रदान गरेका थिए । शिविरमा करिब ४ सय जनाले ओपिडी सेवा लिएका छन् ।
४९ जनाको भिडियो एक्सरे, २० जनाको इसिजी, १ सय ८ जनाको सुगर जाँच, ४३ जनाको युरिक एसिड जाँच, २२ जनाको पिसाव जाँच र ६५ जना विद्यार्थीको रक्त परिक्षण गरिएको बस्नेतले बताउनुभयो । विवाह खर्चको रकम कटाएर गत बिहिबार उपल्लो तम्घास माविमा फरक क्षमता भएका २७ जना विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय